'मान्छे मार्न पाइँदैन गृहमन्त्रीज्यु, तत्काल राजीनामा गर्नुस्’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

‘मान्छे मार्न पाइँदैन गृहमन्त्रीज्यु, तत्काल राजीनामा गर्नुस्’

काठमाडौं,१६ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गृहमन्त्रीको राजीनामा माग गर्नुभएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्रीले राजीनामा दिएर आयोगलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले युवाहरुमा देखिएको असन्तुष्टिलाई छलफल गरी समाधान गर्नुपर्ने ठाउँमा गोली हानेर मार्नेकुरा सह्य नहुने चेतावनी दिनुभयो । उहाँले समस्या सिर्जना भइसकेपछि गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्री श्रेष्ठले राजीनामा नगरेसम्म आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो एउटा प्रश्न सुरक्षा प्रमुखलाई छ । एकदम तोडमोड गरेर यहाँ कुरा राख्न मिल्दैन । किनभने मैले मेरो आँखाले देखेको छु । किनभने जब समस्या सिर्जना भइसकेपछि सरकारले त्यसलाई गम्भीर रुपमा लिएर समाधान गर्न जानुपर्छ की गोली हान्नुपर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? आज मान्छे रोजगारको निम्ति खान र लाउन पाउनुपर्छ भनेर मेहनत गरीगरी देशमा केही नभएपछि विदेश जान पाउनुपर्छ भन्ने मान्छेलाई मार्न कहाँ मिल्छ । यो संविधानमा खान पाउने कुरा त मौलिक अधिकार छ के हो ? किन यस्तो हुन्छ ? तपाईले मुलुक चलाउन सक्नुभएन गृहमन्त्रीज्यु । चारैतिर असन्तुष्टि छ । यसरी मान्छे मार्न पाइँदैन, तपाई तत्काल राजिनामा दिनुस् । समस्याको समाधान हामीले निकाल्नुपर्छ । यदी तपाई नै गृहमन्त्री रहीरहनु भयो भने के होला परिणाम । युवाहरुलाई सम्झाउनु पर्ने हो, गोली हान्न मिल्छ ? मान्छे मार्न कहाँ लेखिएको छ ? तलको मानिसलाई कारबाही गरेर मात्रै हुन्छ, आइजीपीलाई कारबाही गर्नुस् ।’

सांसद राईले सरकारले सानालाई नभइ ठूलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);