काठमाडौं, १६ पुस । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी सम्बतको नयाँबर्ष सन् २०२४ शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा सन् २०२४ को स्वागत गरिएको छ ।