गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्रीको राजीनामा माग गर्दै सुर्खेतमा चर्कियो आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्रीको राजीनामा माग गर्दै सुर्खेतमा चर्कियो आन्दोलन

सुर्खेत, १५ पुस । ललितपुरमा भएको घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको प्रकरणलाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।

रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् । यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो । सोही अनुसार अहिले मध्यान्नपछि आन्दोलन सुरु भएको हो ।

प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ । उक्त समूहका विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);