काठमाडौं,१५ पुस । कास्कीको पोखरामा एक विदेशी युवक सम्पर्क विहिन भएका छन् । पोखरा–मर्दी ट्रेकमा २४ घन्टादेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका हुन् ।
शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी गरिएको हो ।
आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ ।