आज पनि कांग्रेस केन्द्रीय समिति बैठक,मन्त्रिसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक,मन्त्रिसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मन्त्रीहरुसहित केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ ।

हिजोको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धारण राखेका थिए । आज अन्य मन्त्रीहरुले धारणा राख्नेछन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका ९ जना मन्त्रीहरु छन् ।

बिहीबारको बैठकमा मन्त्री बस्नेतसहित केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा.डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले धारणा राखेका थिए ।

केन्द्रीय समिति बैठक शनिबारसम्म चल्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);