राजनीति

थाईल्याण्डका लागि नवनियुक्त राजदुतले लिए शपथ

काठमाडौं,१२ पुस । थाईल्याण्डका लागि नवनियुक्त राजदुत धनबहादुर वलीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय,महाराजगन्जमा बिहीबार आयोजित एक समारोहमा वलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

Related Post
Share

This website uses cookies.