आगामी १० वर्षमा ८ सय मिलियन पर्यटक भित्र्याउने टर्कीको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आगामी १० वर्षमा ८ सय मिलियन पर्यटक भित्र्याउने टर्कीको लक्ष्य

एजेन्सी, १२ पुुस । टर्कीले आगामी १० वर्षमा ८ सय मिलियन पर्यटकहरू ल्याउने लक्ष्य राखेको छ । टर्किस टुरिजम इन्भेष्टर्स एशोसिएशनका अध्यक्ष ओया नरिनले यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न विभिन्न पर्यटकीय क्षेत्रहरू सिर्जना गरी हालको क्षमताको स्तरोन्नति र विविधीकरण आवश्यक पर्ने बताउनु भयो ।

टर्की पहिले नै समुद्र तट, स्वास्थ्य, र सांस्कृतिक पर्यटनसहित विभिन्न पर्यटन विकल्पहरू प्रदान गरिरहेको छ । पाक पर्यटन प्रवद्र्धन गरी दायरा बिस्तार गर्न काम गरिरहेको बताएको छ । नारिनले हालको ५.५ प्रतिशतको तुलनामा सन् २०२८ सम्ममा कुल राष्ट्रिय उत्पादनको ७.५ प्रतिशत पर्यटन क्षेत्र ओगट्ने र पर्यटन राजश्व १ सय अर्ब अमेरिकी डलर पुग्ने उद्योगले अपेक्षा गरेको पनि बतातउनु भयो । संस्कृति तथा पर्यटन मन्त्रालयले सन् २०२३ को लागि टर्कीको पर्यटन लक्ष्य ६ करोड विदेशी पर्यटक रहेको बताएको छ, जसबाट ५५.६ बिलियन डलर आम्दानी हुनेछ ।

संस्कृति र पर्यटनमन्त्री मेहमेत नुरी एरसोयले हालै मात्र फेब्रुअरीमा दक्षिणमा दुईवटा भूकम्प र इजरायल–प्यालेस्टाइन संकटको बावजुद टर्की २०२३ लक्ष्यहरू पूरा गर्न नजिक रहेको बताउनुभएको थियो । यस वर्षको पहिलो ११ महिनामा टर्कीले ५२.७ मिलियन पर्यटकलाई आकर्षित गरेको मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);