टर्कीले पर्यटक बढाउन प्रारम्भिक बुकिङ शुरु गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

टर्कीले पर्यटक बढाउन प्रारम्भिक बुकिङ शुरु गर्दै

काठमाडौं, १५ कात्तिक । टर्की पर्यटन क्षेत्रले पर्यटकहरुको आकर्षण बढाउन प्रारम्भिक बुकिङ शुरु गर्ने भएको छ । थप वैकल्पिक गन्तव्यहरुको पहिचान गरी धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउने योजना बनाइरहेको बताएको छ ।

एशोसिएशन अफ टर्किस ट्राभल एजेन्सीका अध्यक्ष फिरोज बगलकायाले धेरै पर्यटक भित्र्याउन डिसेम्बरको पहिलो हप्तामा प्रारम्भिक बुकिङ अभियान शुरु गरेको बताउनु भयो । समुन्द्री सतहदेखि सूर्य, सांस्कृतिक पार्क र चिकित्सा पर्यनहरुलाई टर्कीका पर्यटकीय गन्तव्यस्थलले लोभ्याउने बताउनु भयो ।

टर्कीले सन् २०२३ को पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजश्वबाट कमाएको थियो । यो वर्ष देशले ५६ अर्ब डलरको पर्यटन कारोबार गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);