काठमाडौं, ११ पुस । आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदैछ ।
सरकारले आज देशभरका विद्यालयहरुमा एक पिरियड ज्येष्ठ
नागरिकसम्बन्धि विषय पढाउन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सो विषय पढाउने व्वस्था गर्न आदेश जारी गरेको हो ।
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धि कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा मन्त्रालयले निर्देशन दिएको हो ।