एजेन्सी,११ पुस । दक्षिण अफ्रिकामा भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ । दक्षिण अफ्रिकामा भारी वर्षाका कारण ६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
दक्षिण अफ्रिकी अधिकारीहरूले क्वाजुलु–नाताल प्रान्तमा भारी वर्षा भएको बताएका छन्। पानीको बहाव तीव्र थियो, जसले गर्दा क्वाजुलु–नाताल प्रान्तको लेडी स्मिथ टाउनका घरहरूमा पानी पुग्यो, सिन्ह्वा समाचार एजेन्सीले प्रान्तीय सहकारी प्रशासन र परम्परागत मामिला विभागको एक विज्ञप्ति उद्धृत गर्दै बताएको छ । जसका कारण कयौं घरहरु पनि ध्वस्त भएका छन् ।
बाढीका कारण धेरै मानिस डुबानमा परेको विभागले जनाएको छ । तर,उद्धारका क्रममा एक जनाको शव पनि फेला परेको छ भने केही बेपत्ता छन् । यसबाहेक एन–११ सडकमा तीनवटा सवारीसाधन पनि बगेका छन् । जसमा कारमा एकजना मृत फेला परेका छन् भने अर्का एकजना बेपत्ता छन् ।
सोही क्रममा नौ यात्रु बोकेको ट्याक्सी पनि बाढीले बगाएको छ । जसमध्ये तीन जना मृत फेला परेका थिए । जबकि अन्य ६ जना बेपत्ता छन् । विभागका अनुसार अर्को दुर्घटनामा कारमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन् ।