देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी होः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी होः प्रधानमन्त्री दाहाल

काठमाडौं, १० पुस ||
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताउनुभएको छ । मंगलवार ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सांस्कृतिक परम्परालाई जर्गेना गर्नु साझा जिम्मेवारी भएको बताउनुभएको हो । उहाँले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको बताउनु भयो । उहाँले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधी भएका पनि बताउनु भयो । उहाँले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकुलित तुल्याउनु पनि राष्ट्रको दायित्व भएको बताउनु भयो । उहाँले सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);