गाजाको शरणार्थी शिविरमा हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

गाजाको शरणार्थी शिविरमा हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

एजेन्सी, १० पुस । गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । मध्य गाजा पट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले हवाई आक्रमणले भीडभाड भएको आवासीय क्षेत्रमा आक्रमण गर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताउनु भयो ।

इजरायली सेनाले क्याम्पहरू बीचको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ । जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पु¥याएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका थिए र अहिले स्थानीय अस्पतालहरूलाई थप घाइतेहरूको उपचार गर्न कठिन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);