फ्रान्सबाट २७६ यात्रु बोकेको विमान चार दिनपछि मुम्बई पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

फ्रान्सबाट २७६ यात्रु बोकेको विमान चार दिनपछि मुम्बई पुग्यो

एजेन्सी,१० पुस । मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको विमान २७६ यात्रु बोकेर मुम्बई पुगेको छ । जानकारी दिँदै एक अधिकारीले भने कि २७६ यात्रु बोकेको विमान मंगलबार बिहान मुम्बई पुगेको थियो।

अधिकारीका अनुसार एयरबस ए३४० बिहान ४ बजे मुम्बईमा अवतरण भएको थियो। विमान स्थानीय समय अनुसार दिउँसो २ः३० बजे पेरिसको भिट्री विमानस्थलबाट उडेको थियो ।

फ्रान्सेली अधिकारीहरूका अनुसार विमानले मुम्बईका लागि उडान भर्दा २७६ यात्रु सवार थिए। तर, दुई नाबालिगसहित २५ जनाले शरणका लागि आवेदन दिने इच्छा व्यक्त गरेका थिए । हाल यी मानिसहरू फ्रान्समा उपस्थित छन्।

एक फ्रान्सेली समाचार च्यानलले भने कि अन्य दुई जनालाई हिरासतमा राखिएको छ र न्यायाधीश समक्ष हाजिर गरिएको छ । पछि उनी रिहा भए । वात्री विमानस्थलमा अवतरण गर्दा ११ नाबालिगसहित विमानमा ३०३ भारतीय यात्रु रहेको स्थानीय अधिकारीले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);