मित्रमिलन सहकारी प्रकरणः ३२ करोड बिगो माग दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

मित्रमिलन सहकारी प्रकरणः ३२ करोड बिगो माग दाबी

 

पोखरा,१० पुस । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झन्डै ३२ करोड रुपैयाँ बिगो असुल गर्ने तयारी भएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

लामो समयको अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा ३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो मागदाबी गरिएको हो । सो रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरेको छ । विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो ।

सो सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ठगिएका बचतकर्तालाई उजुरी आह्वान गरेको थियो । प्रहरीले गत १९ मंसिरमा एक सूचना जारी गर्दै २७ मंसिरसम्म उजुरी दिन आह्वान गरेकामा ४८ उजुरी परेका थिए । जसमा ७ सय १६ जना मात्र पीडितको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसी० श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार पीडित धेरै जना भए पनि उजुरी कमै परेको हो । उजुरीअनुसार ती पीडितको कुल २० करोड ६७ लाख ५४ हजार ९ सय १३ बराबर रकम ठगिएको उल्लेख थियो । बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायतको प्रमाण र सम्बन्धितपीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम ऐन शीर्षकमा जाहेरी दरखास्त दिन आह्वान गरेको थियो ।

सहकारी सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन् । प्रहरीले प्राप्त उजुरी आधारमा जिल्ला अदालतको अनुमतिमा सहकारीका पदाधिकारी, सञ्चालक, विभिन्न उपसमितिका सदस्यसमेत गरी करिब ३० जनालाई यसअघि पक्राउ पुर्जी काटेकोमा पाँच जना मात्र पक्राउ परेका छन् । सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार एवं सेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल पक्राउ परे पनि अन्यलाई प्रहरीले अझसम्म पक्राउ गर्न सकेको छैन । बैंकिङ कसुर अभियोगमा सहकारी अध्यक्ष पौडेल र अधिकारी पक्राउ परेका हुन् । राजधानीदैनिक

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);