लागूऔषधसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

लागूऔषधसहित ३ जना पक्राउ

रूपन्देही,८ पुस । अवैध लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र  नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);