पुटिनलाई चुनौती दिने महिला पत्रकारको मनोनयन अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

पुटिनलाई चुनौती दिने महिला पत्रकारको मनोनयन अस्वीकृत

एजेन्सी,८ पुस । पूर्व टेलिभिजन पत्रकार येकातेरिना डान्टोभा रुसको राष्ट्रपतीय निर्वाचनका लागि अयोग्य घोषित भएकी छन् । उनले वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई ६ वर्षका लागि हुने राष्ट्रपति चुनावमा चुनौती दिने थिइन् । डन्टोभा युक्रेन युद्धको कट्टर विरोधीका रूपमा चिनिन्छन्।

उनको उम्मेदवारीको छानबिनका क्रममा धेरै जानकारी गलत रहेको पाइएपछि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूले डान्टोभाको मनोनयन सर्वसम्मतिले अस्वीकृत गरेका थिए । पुटिनका आलोचकहरूका अनुसार रुसी राष्ट्रपतिले कसैको चुनौती सहन गर्दैनन् । त्यसैले राष्ट्रपतिको निर्वाचनमा पनि बलियो प्रतिद्वन्द्वीलाई अगाडि आउन दिइने छैन । सम्पूर्ण निर्वाचन प्रकृया धूर्त हुनेछ ।

भ्लादिमिर पुटिन स्वतन्त्र उम्मेदवारको रूपमा राष्ट्रपतिको चुनावमा लड्ने छन्। पुटिनले आगामी मार्चमा अर्को ६ वर्षको कार्यकालका लागि चुनाव लड्ने बताएका छन् । उसले सजिलै जित्ने अपेक्षा गरिएको छ । युआर पार्टीका एक वरिष्ठ अधिकारी आन्द्रेई टुर्चाकले पुटिनले सत्तारुढ युनाइटेड रसिया (यूआर) पार्टीको उम्मेदवारको रूपमा उम्मेदवारी नदिने बताएका छन्।

Leave a Reply