मुलुकको शासन पद्धती पारदर्शी भए अर्थतन्त्र तत्काल माथि उठ्छः डा.रिजाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

मुलुकको शासन पद्धती पारदर्शी भए अर्थतन्त्र तत्काल माथि उठ्छः डा.रिजाल

काठमाडौं, ६ पुस ||
नेपाली काँग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गर्नुभएको छ । शुक्रवार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै काँग्रेस नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताउनु भयो । उहाँले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कही पुग्न नसक्ने बताउनु भयो ।
उहाँले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताउनु भयो । उहाँले अर्थतन्त्र सवल बन्ने सबै आधारहरु बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);