राष्ट्रपति पौडलसँग श्रीलंकाका विदेशमन्त्रीले भेट गरे | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

राष्ट्रपति पौडलसँग श्रीलंकाका विदेशमन्त्रीले भेट गरे

काठमाडौं, ६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री भेटवार्ता गरेका छन् । उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो ।

सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए ।

विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको बारे धारणा राखेको राष्ट्रपति कार्यालय जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);