अप्सराको हत्या गरेर फरार बिक ७ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

अप्सराको हत्या गरेर फरार बिक ७ वर्षपछि पक्राउ

murder

काठमाडौं,६ पुस । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस–५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

बिक समेतले २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ ।

जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);