तमिलनाडुमा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

तमिलनाडुमा बाढीबाट ५ जनाको मृत्यु, उद्धारका लागि मुख्यमन्त्रीको अपिल

एजेन्सी, ५ पुस ||
भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकप्टरहरू माग गर्नुभएको छ । बाढीमा सयौँ मानिसहरु फसेको भन्दै सङ्घीय सरकारसँग उद्धारका लागि थप हेलिकप्टर सहयोग गर्न आग्रह गर्नुभएको हो । विगत दुई दिन यता परेको अविरल वर्षाले तमिलनाडुका धेरै दक्षिणी जिल्लाहरूमा ठूलो क्षति भएको छ । वर्षाका कारण बस्तीहरु र सडकमा गम्भीर क्षति पुगेको हो । स्टालिनकाअनुसार बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण धेरै रेलहरू पूर्ण वा आंशिकरुपमा रद्ध भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);