योगेश भट्टराईको आरोपः सरकारले बिखण्डनकारी गतिविधि नियन्त्रणमा लिन चाहेको छैन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

योगेश भट्टराईको आरोपः सरकारले बिखण्डनकारी गतिविधि नियन्त्रणमा लिन चाहेको छैन

काठमाडौं, ३ पुस ||
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाउनुभएको छ । कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको उहाँको जिकिर थियो । मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको बिखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराउनु भयो । उहाँले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा बिखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताउनु भयो । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो । सचिव भट्टराईले कोशी प्रदेशमा पनि एमालेको वर्चश्व रहेको कुरा पार्टीको समृद्धिका लागि संकल्प यात्राले पनि पुष्टि गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);