काठमाडौं, ३ पुस । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग वणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको विषयमा सरकारकोतर्फबाट के कस्तो कारवाही भइरहेको छ ? सो सम्बन्धमा छलफल हुनेछ ।