एमालेले मात्रै यो देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्ने उपाध्यक्ष थापाको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एमालेले मात्रै यो देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्ने उपाध्यक्ष थापाको दाबी

rambahadur thapa

काठमाडौं,३ पुस । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेको बताउनुभएको छ । सोमवार पाँचथरको फिदिममा कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेका बताउनुभएको हो । उहाँले आफूहरुको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताउनु भयो । उहाँले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताउनु भयो । उहाँले देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उहाँको भनाई छ । उहाँले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो अभियानले के देखायो भन्दाखेरी नेपाली जनताले नेकपा(एमाले)को नेतृत्वमा खोजेका छन् । नेकपा(एमाले)को सरकारलाई विस्थापित खोजे यताको अवधिमा नेपाली जनताले जुन किसिमको भोगाइहरु भोगेका छन्, त्यसले के सिद्ध गरेको छ भने, एमालेले मात्रै यो देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ । देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र देशको विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्छ र समाजवादको स्थापना र त्यसको आधार निर्माण एमालेको नेतृत्वले मात्रै गर्नसक्छ भन्ने देखाएको छ । अभियानले एमाले पार्टी र जनताबिचको सम्बन्धलाई धेरै सुदृढ गरेको मैले अनुभव गरेको छु । अपार स्नेह, अपार माया र जनताहरुको स्वागतले एमाले र जनताबिचको सम्बन्ध यो अभियानले धेरै माथि उठाएको छ । आगामी मिसन ८४ कार्ययोजना पार्टीले निश्चित गरेको छ, नेकपा(एमाले)को बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न यो अभियानले महत्वपूर्ण भुमिका खेलेको मैले अनुभव गरेको छु ।’

उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भुमिका खेलेको बताउनु भयो । नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उहाँको भनाई छ । उहाँले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भुमिका खेलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा ऐतिहासिक अभियान थियो । यसले नेपालको समाजवादी आन्दोलनमा, समाजवादको स्थापनामा महत्वपूर्ण भुमिका यो यात्राले आफ्नो भुमिका निर्वाह गरेको मैले अनुभुति गरेको छु । यो एउटा राजनीतिक अभियान थियो । यसले नेकपा(एमाले)को राजनीतिक कार्यदिशालाई स्थापना गर्नमा पनि महत्वपूर्ण भुमिका खेलेको छ । यो अभियान ठुलो विश्वविद्यालय पनि बनेको छ । यसमा पार्टी नेता, कार्यकर्ताहरुले धेरै कुराहरु पार्टीको कार्यदिशा नेपालको समृद्धि, सुखि नेपालीको राष्ट्रिय आकांक्षालाई स्थापना गर्नको निम्ति यो अभियानले, यो यात्राले पार्टीलाई प्रशिक्षित गरेको छ । ज्ञान दिएको छ । यसले पक्कै पनि पार्टीको राजनीतिक कार्यदिशा र नेपालको समृद्धि, समाजवादको स्थापना गर्नमा, नीति र कार्ययोजना निर्माण गर्न यो यात्राले भुमिका निर्वाह गरेको छ । पार्टीले जनताबाट धेरै कुरा सिकेको छ । जनताबाट लिने र जनतालाई दिने भन्ने नेतृत्वको सिद्धान्त हो । नेतृत्व विकासमा पनि यो यात्राले भुमिका निर्वाह गरेको छ । नेपालको अहिलेको ठोस परिस्थितिलाई बुझ्ने कुरामा पनि यो यात्राले धेरै ज्ञान दिएको पार्टीलाई । यो अभियान भण्डाफोर अभियान पनि थियो । नेपालको राजनीतिमा दक्षिणपन्थी प्रवृत्ति हाबी छ, यसलाई चिर्नको निम्ति पनि यो अभियानले महत्वपूर्ण भुमिका खेलेको छ । नेकपा(एमाले)लाई चौतर्फी घेराबन्दी हुँदै आएको छ । यो घेरालाई तोड्न अभियानले महत्वपूर्ण भुमिका खेल्यो भन्ने मैले अनुभुति गरेको छु ।’

उहाँले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रुपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);