भृकुटीमण्डपका निम्न व्यवसायीहरको माग एक महिनामा सम्बोधन गर्न मन्त्री आचार्यको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

भृकुटीमण्डपका निम्न व्यवसायीहरको माग एक महिनामा सम्बोधन गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौं, २ पुस ||
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरको माग सम्बोधन हुनुपर्ने बताउनुभएको छ । सोमवार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो कार्यकालमा जे भाषण गरिन्छ त्यो काम पूरा गर्नेगरी अघि बढेको बताउनु भयो । उहाँले भृकुटीमण्डपको अस्तव्यस्ततालाई सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले प्लास्टिकको छानालाई सेमि स्टलको रुपमा व्यवस्थित गर्न र ढल, खानेपानी, र शौचालयको व्यवस्थापनको काम एक महिना शुरु गरिसक्न भृकुटीमण्डप सञ्चालन विभागलाई निर्देशन दिनुभयो । मन्त्री आचार्यले केही व्यापारीहरु भृकुटीमण्डपको व्यापार छोडेर अन्यत्र जान चाहने तर हक ट्रान्सफर नहुने समस्या रहेको भन्दै यस समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);