काठमाडौं, १ पुस । दाङमा टिप्परको ठक्करबाट २ युवकको मृत्यु भएको छ । युवकको मृत्यृ पछि आफन्तहरुले सडक अबरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका २ युवाको मृत्युको विषयलाई लिएर आज बिहानैदेखि प्रदर्शन भएको हो ।
प्रदर्शनपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ भने उचित क्षतिपुर्तिको उचित व्यवस्था नगरेसम्म शव नउठाउने आफन्तको अडान छ । उनीहरुले आज दाङ बन्दको आह्वान समेत गरेका छन् ।
झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल,नौबहिनी गाउँपालिका–६का वडाध्यक्ष मानबहादुर केसी र मृतक युवाका २ दाजुभाई तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




