ललितपुर, १ पुस । नेशनल वाथरोग सेन्टर, पुष्पबृष्टि कृषि सहकारी लिमिटेड, नेशनल आई सेन्टर तथा दीप कुन्ज ईङग्लिस स्कुलको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार ललितपुरको भैसींपार्टी–२५ सैंबुमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सय २७ जना भन्दा बढी लाभान्वित भएको समाजसेवी तथा नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतको प्रमुख आतिथ्य र केसीको संयोजकत्वमा शिविर सञ्चालन भएको हो । विशेष कार्यक्रममा बोल्दै नेता बस्नेतले चिसोबाट बच्न र निरोगी हुन सबैलाई सुझाव दिएका थिए ।
शिविरमा बाथ रोग, आँखा, दाँत, रगत परीक्षण, हाड जोर्नी तथा चिसोबाट बच्ने उपाय सम्बन्धि जानकारी गराइएको थियो।