सुवास आचार्य, बागलुङ । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि बागलुङमा विहान ७ बजेबाट मतदान सुरु भएको छ ।
पहिलो चरणको निर्वाचन अन्तर्गत बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकामा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो ।
जिल्लामा ४ सय ६९ पदमा हुन लागेका निर्वाचनमा १ हजार ३ सय ७६ जना चुनावी मैदानमा उत्रिएका छन् ।बागलुङमा कुल १ लाख ५६ हजार ८ सय २ जना मतदाता रहेका छन् ।
मतदानका लागि १ सय ३ मतदान स्थल र १ सय ९२ स्थल केन्द्र तोकिएको छ प्रमुख जिल्ला अधिकारी पाण्डेयले शान्त, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।
उहाले निर्वाचनको क्रममा अप्रिय घटना हुन नदिनका लागि प्रहरीलाई कडाईका साथ परिचालन गरिएको जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले प्रहरी र म्यादी गरेर झण्डै १३ सय, शसस्त्र २ सय भन्दा बढि र ५ सयको हाराहारीमा नेपाली सेना परिचालित हुने जानकारी दिनुभयो ।
यसै विच बागलुङमा गएराती तीन ठाउमा वम विस्फोट भएको छ । बागलुङ नगरपालिका वडा नम्वर ३ गौडाकोट , काठेखोला तथा बागलुङ वजारको वुद्धचोकमा अज्ञात समुहले वम विष्फोट गराएको हो ।
त्यस्तै बागलुङ नगारपालिकाका नेपाली काग्रेसका मेयरपदका उमेदवार वसन्तकुमार श्रेष्ठको बानपा २ स्थीत घरमा शंकास्पद वस्तुफेला परेकोले सेनाले डिस्पोज गरेको बागलुङ का प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले वताउनु भयो ।





