चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन्ः अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन्ः अध्यक्ष तिमिल्सिना

काठमाडौं, २७ मंसिर ||
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिवद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताउनु भयो । उहाँले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताउनु भयो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमँ हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकिसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);