काठमाडौं,८ माघ । काठमाडौंको हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्ने भएकी हुन ।
वसन्त श्रवणका लागि बिहान ११ बजेर १७ मिनेटको साइत उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले राष्ट्रपति भण्डारीले साइतमा नै वसन्त श्रवण गर्ने कार्यक्रम रहेको बताएको छ ।