आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक, होला त कार्यान्वयन ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक, होला त कार्यान्वयन !

काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लागेको छ । महानगरले १५ दिनअघि सूचना जारी गरेको सूचनाअनुसार आजदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ ।

चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको भन्दै महानगरले रोक लगाएको हो।

शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्टल स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा धूमपान, चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ निषेध गरिएको महानगरले जनाएको छ ।

सूचनाको अवज्ञा गरी बिक्री वितरण गरे महानगर प्रहरी मार्फत जफत गरी व्यवसायीलाई कानून अनुसार सजाय गर्ने चेतावनी महानगरले दिएको छ ।

Leave a Reply