इराकी राष्ट्रपति पहिलो पटक साइप्रस भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

इराकी राष्ट्रपति पहिलो पटक साइप्रस भ्रमणमा

एजेन्सी,२६ मंसिर । इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमवार साइप्रसको औपचारिक भ्रमण गर्नुभएको छ । पूर्वी भूमध्यसागरीय टापुले ६३ वर्षअघि स्वतन्त्रता पाएपछि भ्रमण पहिलो पटक भएको हो ।

साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले संयुक्त पत्रकार सम्मेलनमा इराकी राष्ट्रपतिको भ्रमण ऐतिहासिक र प्रतिकात्मक भएको बताउनु भयो ।

रशिदले यो भ्रमणले दुई मित्र राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा नयाँ युगको थप सुदृढीकरणको जग बसाल्ने बताउनु भयो ।

साइप्रसका राष्ट्रपतिले इराकसँगको अर्थतन्त्र, लगानी, सुरक्षा र आतंकवादसँग लड्ने जस्ता सहयोगका विभिन्न क्षेत्रहरूमा सहयोग मिल्ने बताउनु भयो ।

उनीहरूबीचको छलफल मध्यपूर्वको अवस्था र गाजाको सङ्कटका विषयमा पनि भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);