जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बहुपक्षीय प्रभाव | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बहुपक्षीय प्रभाव

काठमाडौं, २६ मंसिर । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको बहुपक्षीय प्रभावको बारेमा कोप २८ मा छलफल भएको छ । पर्वतीय दिवस (माउण्टेन डे) को सन्दर्भमा सोमवार कोप २८ को नेपाल पभेलियनमा माउण्टेन क्षेत्रमा परेको बहुपक्षिय असरका बारेमा छलफल भएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र इसिमोडको संयुक्त आयोजनामा सोमवार माउण्टेन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसका समाधानका उपयाहरुको सन्दर्भमा छलफल भएको हो । हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर बढीरहेको सन्दर्भमा बहुदेशीय, बहुप्रकोप, पूर्वसूचना प्रणालीको विकास, पूर्वसूचनाको लागि चाहिने भौतिक संरचना, क्षमता अभिवृद्धिसँगै प्रकृतिमा आधारित अन्य समाधानहरुको बारेमा यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले आफ्नो अनुभव र समाधानका उपायबारे कार्यक्रममा राखेका थिए ।

हिन्दुकुश पर्वतीय क्षेत्रको तल्लो तटीय क्षेत्रमा बस्ने दुई अर्ब मानिसहरु जलवायु परिवर्तनको जोखिममा रहेको हुनाले यसको समाधानको लागि सबै क्षेत्र र सरोकारवालाहरुको सक्रिय भुमिका आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);