काठमाडौं, २५ मंसिर । संघीय संसदका महासचिवमा पदमप्रसाद पाण्डे सिफारिस भएका छन् । महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डे सिफारिस भएका हुन् ।
गौतमले आइतबार दिएको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेपछि पाण्डेको नाम महासचिवमा सिफारिस भएको हो ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका हुन् ।
राष्ट्रपतिले संसदको महासचिव सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।