काठमाडौं,२२ मंसिर । भुकम्प पीडितहरुको घर पुननिर्माणका लागि नेपाल राष्ट्र बैंकले सस्तो ब्याजमा ऋण दिने भएको छ ।
गत कात्तिक १७ गते गएको भुकम्पले क्षति पुराएको घरको पुन निर्माणको लागि चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
समीक्षामा भनिएको छ,‘सरकारले तोकेका निकायले भुकम्प प्रभावितको रुपमा सुचीकरण गरेका परिवारलाई बैंक तथा वित्तिय संस्थाले २५ लाख सम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था छ ।’