नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीसहित ६ जना रिहा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौं,२१ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ जना रिहा भएका छन् । सो प्रकरणमा सम्लग्न सन्दीप रायमाझीसहित ६ जना रिहा भएका हुन् ।

उच्च अदालत पाटनले तोकेका धरौटी बुझाउने ५ जना र साधारण तारेखमा छाड्न आदेश भएका एकजना आशिष बुढाथोकी छुटेका हुन् । धरौटी तिरेर छुट्ुनेमा केन्द्रीय कारागारमा रहेका शमशेर मियाँ,नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप टोपबहादुर रायमाझीका छोरा हुन् । सोही प्रकरणमा टोपबहादुर रायमाझी थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजरासले मंसिर १५ गते सन्दीपसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्न आदेश पाएका टेकनाथ रिजाल भने थुनामै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);