प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी निर्देशकबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी निर्देशकबीच भेटवार्ता

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुग्नु भएको हो । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार काठमाडौं आइपुग्नु भएकी लाउबाचरले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरिसक्नु भएको छ । लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरिसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);