काठमाडौ उपत्यकासहित धेरै ठाउँको मौसम धमिलियो,अझै केही दिन पानी नपर्ने पुर्वानुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाडौ उपत्यकासहित धेरै ठाउँको मौसम धमिलियो,अझै केही दिन पानी नपर्ने पुर्वानुमान

काठमाडौं, २१ मंसिर । काठमाडौ उपत्यकासहित धेरै ठाउँको मौसम बिहानदेखि नै धुम्म छ । बिहानैदेखिको धुम्म मौसम आज दिनभर पूरै नखुल्ने तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको बताइएको छ । छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा भने आज हल्का पानी पर्ने अनुमान छ ।

अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् । आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);