गिनी–बिसाउका राष्ट्रपतिले गरे संसद भंग | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

गिनी–बिसाउका राष्ट्रपतिले गरे संसद भंग

एजेन्सी, २० मंसिर । राष्ट्रपति उमरो सिसोको एम्बालोले गिनी–बिसाउको संसद विघटन गर्नुभएको छ । डिक्री अनुसार गत हप्ता राजधानी बिसाउको न्यायिक प्रहरी भवनमा सशस्त्र राष्ट्रिय गार्ड समूहले गरेको आक्रमणले संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य राखेको बताइएको ।

बिसाउमा गत बिहीवार राती नेशनल गार्डका सदस्य र राष्ट्रपति गार्डका विशेष बलहरू बीच झडप भएको थियो । झडप शुक्रवार पनि जारी रह्यो । नेशनल गार्ड सिपाहीहरूको समूहले न्यायिक पुलिस भवनबाट हिरासतमा रहेका मन्त्रीलाई मुक्त गर्ने प्रयास गरेका थिए । नेसनल गार्डका कमाण्डर कर्नेल भिटोर चोंगो र युनिटका अन्य धेरैलाई शुक्रवार बिहान सैन्य प्रहरीले पक्राउ गरेको थियो ।

सन् २०२० मा पदभार ग्रहण गरेपछि एम्बालोले गिनी–बिसाउको संसद विघटन गरेको यो दोस्रो घटना हो । यसअघि सन् २०२२ को मेमा उनले व्यवस्थापिका र राष्ट्रपतिबीचको तनावका कारण संसद विघटन गर्नुभएको थियो । फेब्रुअरी २०२२ मा गिनी–बिसाउका सेनाका सदस्यहरूले एम्बालोको बिरुद्ध विद्रोह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);