एजेन्सी, १९ मंसिर । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानूनी आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।
२०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकाअनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।