कोशीमा माओवादीलाई पर्यटन र एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

कोशीमा माओवादीलाई पर्यटन र एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय

काठमाडौं, १७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँट गरेका छन् ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादीबाट मन्त्री बनेका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसैलाई दिइएको छैन् ।

ति मन्त्रालय अहिले भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);