काठमाडौं, १७ मंसिर । दोलखामा भरुवा बन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित जंगलमा सिकार गर्न गएका २२ वर्षीय सन्जिब कार्कीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
भरुवा बन्दुक लिएर कार्कीसहित ७ जना गएराति घर नजिकै जंगलमा सिकार गर्न पुगेका थिए । कार्कीले आफैले बन्दुक पड्काउँदा उनी आफैलाई गोली लागेको बताइएको छ ।
कार्कीसँगै जंगल सिकार गर्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ, नियन्त्रणमा रहेका सबैले सन्जिब आफैले पड्काउँदा पड्केको बयान दिएको प्रहरीको भनाइ छ ।