हिमालय एयरलाइन्सद्वारा काठमाडौं–सांघाई उडान शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–सांघाई उडान शुरु

himalayan-airlines

काठमाडौं, १७ मंसिर । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई उडान शुरु गरेको छ । हिमालय एयरलाइन्सले शनिवार नेपालको राजधानी काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान शुरु गरेको हो ।

एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम छ । एयरलाइन्सले हरेक शनिवार ए ३२० विमानमा काठमाडौंदेखि सांघाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ भने डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको छ ।

सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौंस्थित अपरेटरले जुनमा काठमाडौं र बेइजिङबीचको सिधा उडान पुनः शुरु गरेको हो । सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय शहर छिङदाओमा सिधा उडान शुरु गरेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ दुतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवद्र्धनमा टेवा विश्वास छ । पर्यटन क्षेत्र नेपालको लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);