विदेशी लगानीकर्तालाई सभामुखको आह्वानः अर्थतन्त्र अनुकुल बन्दैछ, लगानी बढाउनुस् | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

विदेशी लगानीकर्तालाई सभामुखको आह्वानः अर्थतन्त्र अनुकुल बन्दैछ, लगानी बढाउनुस्

काठमाडौं, १४ मंसिर ||
सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकुलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग आग्रह गर्नुभएको छ । बिहीवारबाट नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा शुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला—२०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरु केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताउनु भयो । उहाँले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दापनि अनुकुलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिनेगरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताउनु भयो ।
सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरुको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महशुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरुको अनिश्चितता लगायतका कुराहरुले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताउनु भयो ।
सभामुख घिमिरेले आर्थिक मन्दी रहेको र व्यवसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहाद्रपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन लाग्न आग्रह गर्नुभयो । पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन, पूर्वाधार लगायतका सेवा तथा उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि गर्न अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);