मध्यावधि निर्वाचनका लागि तयार हुन कार्यकर्तालाई रवि लामिछानेको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

मध्यावधि निर्वाचनका लागि तयार हुन कार्यकर्तालाई रवि लामिछानेको निर्देशन

काठमाडौं, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सार्नु भएको छ । सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको बैठकमा सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदनमा चार वर्ष पर्खँदा मूलुक झन् उधो गतिमा जाने उल्लेख छ ।

‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?’ प्रतिवेदनमा भनिएको छ । सबै पुराना दलहरू मिलेर सत्ता सञ्चालन गर्न उपयुक्त हुने धारणा सभापति लामिछानेले राख्नुभएको छ । प्रतिपक्षी भूमिका आफ्नो पार्टीले निर्वाह गर्ने प्रतिवेदनमा उल्लेख छ । संकटमा व्यवस्था नभएको तर पुराना दल संकटमा रहेको सभापति लामिछानेको दाबी छ । मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उहाँले निर्देशन समेत दिनुभएको छ ।

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ र फेर्न पर्ने पनि हुन सक्छ भन्दै प्रतिवेदनमा पार्टीको सबै संरचनालाई तयारी अवस्था रहन निर्देशन दिइएको छ । रास्वपा सभापति लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको प्रतिवेदनमा औंल्याएउनुभएको छ । प्रदेशले आफ्नो उपादयेता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको रास्वपाको ठहर छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);