एजेन्सी, १४ मंसिर । हिजो एउटा अनौठो खबरले धेरैको ध्यान तान्यो । श्रीमान श्रीमतीको झगडाले जर्मनीबाट थाइल्याण्ड जाँदै गरेको विमानले भारतमा आकस्मिक अवतरण गर्न पर्यो । । विमानमा सवार श्रीमान श्रीमती आपसमा झगडा गर्न थाले ।
झगडा पनि त्यस्तो ठुलो चाँही थिएन । उनीहरुको झगडाका कारण चालक दलका सदस्य र अन्य यात्रुहरु निकै त्रसित भएका थिए । चालक दलका सदस्यहरूलाई उडान अगाडि लैजान गाह्रो भयो। विमानले अन्तर्राष्ट्रिय उडानको दिल्लीमा आपतकालीन अवतरण गराई झगडा गर्ने श्रीमान–श्रीमतीलाई उडानबाट हटाइयो ।
तपाईलाई थाहा पाउँदा अचम्म लाग्न सक्छ, तर पति र पत्नी बीचको झगडा उनीहरूको सम्बन्धको लागि धेरै राम्रो हुन्छ । अध्ययनले देखाएको छ कि सानातिना झगडा र तर्क गर्ने जोडीहरूमा सम्बन्धविच्छेदको दर कम हुन्छ । यसको मतलब उनीहरूको सम्बन्ध झगडाबाट टाढा रहने जोडीहरू भन्दा बलियो हुन्छ ।