सरकारले भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना–प्रहरी खटाउने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सरकारले भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सेना–प्रहरी खटाउने

काठमाडौं, १३ मंसिर । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्श बमोजिम निर्वाचनको मिति तय गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको छ । बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने तथा सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी राष्ट्रिय सभा २० सदस्यको पद रिक्त हुँदैछ।​ राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);