काठमाडाैं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुनेराष्ट्रिय सभा रिक्तसदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदकोनिर्वाचनको मिति तय गरेको हो ।
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि२०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललेजानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण पनि स्वीकृत गरेको छ । कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री खरेलले बताउनुभयो ।
त्यसैगरी, सरकारले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ । अनलाइनको दर्ता र नवीकरणका लागि गरिएको निर्णय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।
संघीय संसदका पदाधिकारीतथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरिएको छ । मन्त्री खरेलले सांसदहरुको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय कार्यान्वयनका लागि सो निर्णय गर्नु परेको स्पष्ट पार्नुभयो ।
सरकारले नेपाल र मोरिसस सरकारबीच भएको दोहोरो कर मुक्ति सम्झौता पनि अन्त्य गरेको छ ।





