घाँसीकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

घाँसीकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते

दमौली,१३ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई दुर्घटना भएको थियो ।
धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगरको मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीको अनुसार राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका–८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक–६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, धनकुटा साँगुरीगढी–९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी–८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव–६ का२५ वर्षीय शम्भु यादव, बस चालक प्यूठान सरुमहारानी–५ का २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटा साँगुरी–७ बका ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);