मेडागास्करको राष्ट्रपतिमा एण्ड्री राजोएलिना विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मेडागास्करको राष्ट्रपतिमा एण्ड्री राजोएलिना विजयी

काठमाडौं, ११ मंसिर । मेडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ । माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जित्नुभएको हो ।

देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगद्वारा जारी गरिएको प्रारम्भिक नतिजा अनुसार उहाँ विजयी बन्नुभएको हो । सीइएनआईले एक पत्रकार सम्मेलनमा राजोएलिनाले कुल २८ लाख ५६ हजार ९० भोट अर्थात ५८.९५ प्रतिशत मत प्राप्त गरेको घोषणा ग¥यो । ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेपछि वर्तमान राष्ट्रपतिले आफ्नो पहिलो चरणमा राष्ट्रपतिको चुनाव जित्नुभयो ।

उम्मेदवार सिटेनी रान्ड्रियानासोलोनाइको र पूर्व राष्ट्रपति मार्क राभालोमनाना क्रमशः १४.४ प्रतिशत र १२.१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो र तेस्रो भए । देशको राष्ट्रपतिको निर्वाचनलाई नियन्त्रित गर्ने कानून अन्तर्गत उच्च संवैधानिक अदालतले आधिकारिक रूपमा सीइएनआईद्वारा अस्थायी नतिजा प्रकाशित भएको मितिको ९ दिन भित्र अन्तिम परिणामहरू घोषणा गर्नेछ । मडागास्करले १३ उम्मेदवारहरू मध्येबाट अर्को पाँच वर्षको लागि राष्ट्रिय नेता चयन गर्न नोभेम्बर १६ मा राष्ट्रपति चुनावको पहिलो चरणको शुरु भएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);