काठमाडौं, मंसिर १० । निजी अस्पतालतर्फ मुलकै अग्रणी अस्पतालको रुपमा ख्याति कमाएको नर्भिक इन्टरेनशनल हस्पिटलले पछिल्लो एक बर्षमा १ लाख ५८ हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।
नर्भिक हस्पिटलले गत आर्थिक बर्ष २०७९।८० को अवधिमा बहिरङ्ग (ओपडी) सेवा तफ १ लाख ४२ हजार, अन्तरङ्ग सेवा (आई.पी.डी.) तर्फ ८ हजार ५ सय, र इमरजेन्सीतर्फ ७ हजार ५ सय बिरामीलाई सेवा प्रदान गरेको दाबी गरेको हो ।
नर्भिक हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक शनिबार निःशुल्क क्लिनिक, उद्धार तथा उपचारका विविध गतिविधिहरू पनि संचालन गर्दै आएको छ ।
नर्भिकले अष्ट्रेलिया जानेहरुका लागि स्वास्थ्य परीक्षणका साथै युके भिजाका लागि समेत आवश्यक स्वास्थ्य परीक्षण गर्न थालेको छ ।